Rule 137
अध्ययनको पुर्व स्वीकृती लिनु पर्ने
: (१) यो नियम प्रारम्भ भएपछि स्वदेश वा विदेशमा निजी प्रयासमा अध्ययन गर्न चाहने राजपत्राङ्कित सशस्त्र प्रहरी कर्मचारीले नेपाल सरकारको र राजपत्र अनङ्कित सशस्त्र प्रहरी कर्मचारीले सशस्त्र प्रहरी महानिरीक्षकको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राईभेट परीक्षार्थीको रुपमा परीक्षामा सामेल हुन तथा कार्यरत स्थानमा कार्यालय समय बाहेकको समयमा सरकारी काममा बाधा नपर्ने गरी अध्ययन गर्न पूर्व स्वीकृति लिनु पर्ने छैन ।
तर त्यस्तो कर्मचारीले आफु कार्यरत निकायमा सोको जानकारी दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम विदेशमा अध्ययन गरी पेश भएका प्रमाणपत्रहरुको समकक्षता निर्धारण सम्बन्धी व्यवस्था नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।